Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

कपनमा चलेको मेलामा मौलिक उत्पादन र परिकार निःशुल्क चाख्न र लैजान पाइने

कपनमा चलेको मेलामा मौलिक उत्पादन र परिकार निःशुल्क चाख्न र लैजान पाइने

  • शनिवार, माघ ६ २०८०

  • 501
    SHARES

  • कपनमा चलेको मेलामा मौलिक उत्पादन र परिकार निःशुल्क चाख्न र लैजान पाइने

    काठमाण्डौं । काठमाडौको कपनमा यही माघ १ गतेदेखि सुरु भइ भोली आइतबारसम्म चल्ने मौलिक उत्पादन र चौरासी व्यञ्जन मेलामा निःशुल्क चाख्न र लैजान पाउने व्यवस्था गरिएको छ ।

    मेलामा आउनेलाई केही परिकार निःशुल्क चाख्न र केही कोशेली पनि दिने गरिएको मौलिक बजार तथा मौलिक भान्छाघरका अध्यक्ष सुमन दाहालले जानकारी दिनुभयो ।

    मौलिक बजार तथा मौलिक भान्छाघरले आयोजना गरेको मेलामा मौलिक परिकार र उत्पादनहरु पाईने भएकाले उपभोक्तासँगै मन्त्रीहरुको पनि उल्लेख्य सहभागीता देखिएको छ ।

    मेलामा संघीय सरकारका कृषी मन्त्री डा. बेदुराम भूसाल, पर्यटन मन्त्री सुदन किराँती, श्रम मन्त्री सरदसिंह भण्डारी, उद्योग मन्त्री रमेश रिजालसँगै प्रदेश सरकारका विभिन्न मन्त्रीहरुले अबलोकन गरेर प्रोत्साहन गर्नु भएको छ ।

    आज शनिबार पनि मौलिक परिकार तथा उत्पादन हेर्ने, सिक्न, चाख्न र किन्न आउनेहरुको संख्या धेरै हुने अध्यक्ष दाहालले विश्वास व्यक्त गर्नुभयो । मेलामा माघे संक्रान्ति तथा ७ प्रदेश विशेष परिकार र ८४ व्यञ्जनका साथै सांस्कृतिक कार्यक्रम, सातै प्रदेशका स्थानिय पालिकाको उत्पादनको स्टल र ४२ व्यञ्जनको बुफेट समेत राखिएको छ ।

    काठमाडौंको बुढानिलकण्ठ –१० कपन, आकाशेधारा नजिक गैह्रीगाउँमा सञ्चालित मेलामा एक स्थानीय तह, एक उत्पादनलाई बजारीकरण गर्ने गरी सबै पालिकाहरुलाई स्टलको पनि व्यवस्था गरिएको छ ।

    यहाँबाट ब्रान्डिङ गर्ने र ७५३ वटै स्थानीय तहहरुमा मौलिक उत्पादन तथा मौलिक परिकारहरुको खरिद बिक्री केन्द्र सञ्चालन गर्ने उद्देश्य राखिएको पनि अध्यक्ष दाहालले जानकारी दिनुभयो ।


    शनिवार, माघ ६ २०८०१०:०८:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij