Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

देशका केहि स्थानमा हुस्सु र हिमपातको सम्भावना

देशका केहि स्थानमा हुस्सु र हिमपातको सम्भावना

  • शनिवार, माघ ६ २०८०

  • 438
    SHARES

  • देशका केहि स्थानमा हुस्सु र हिमपातको सम्भावना

    काठमाडौं । पछिल्लो केहिदिन यता देशभर जाडो बढेको छ । केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ । हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।

    पश्चिमी वायुको आंशिक प्रभाव रहँदा वर्षाको भने सम्भावना छैन । बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

    कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

     

     


    शनिवार, माघ ६ २०८००७:०७:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij