Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

स्वास्थ्य बिमाको ओपिडी र इमर्जेन्सी शुल्क घट्यो

स्वास्थ्य बिमाको ओपिडी र इमर्जेन्सी शुल्क घट्यो

  • शुक्रवार, माघ ५ २०८०

  • 783
    SHARES

  • स्वास्थ्य बिमाको ओपिडी र इमर्जेन्सी शुल्क घट्यो

    काठमाडौं। स्वास्थ्य बिमा बोर्डले सेवा प्रदायक संस्थाका स्वास्थ्य बिमाअन्तर्गतको ओपिडी र इमर्जेन्सी शुल्क परिवर्तन गरेको छ।

    बिमा बोर्डको पुस २९ गतेको बोर्ड बैठकले माघ ८ गतेदेखि लागू हुने गरी सेवा प्रदायक संस्थाहरुका स्वास्थ्य बिमा अन्तर्गतको ओपिडी र इमर्जेन्सी परिवर्तन गरेको हो।

    बोर्डका शाखा अधिकृत यशोदा अर्यालकाअनुसार बोर्डले बिमामा आवद्ध बिमितलाई लक्षित गरी सेवा प्रदायक संस्थाहरुको स्वास्थ्य बिमाअन्तर्गतको ओपिडीमा ५० र इमर्जेन्सीमा एक सय रुपियाँ शुल्क तोकेको हो। यसअघि ओपिडी शुल्क दुई सय र इमर्जेन्सीको चार सय रुपियाँ तोकेको थियो।

    बोर्डका शाखा अर्यालले ओपिडी र इमर्जेन्सी शुल्क तोकी बिमा व्यवस्थापन सूचना प्रणालीमा मिलाइएको जानकारी दिनुभयो। सोही अनुसार शुल्क लागू गर्न बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरु अनुरोध गरेको छ।


    शुक्रवार, माघ ५ २०८००३:३१:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij