काठमाडौं । चर्चित गायक योगेश वैद्यको निधन भएको छ । गएराति साढे १२ बजेतिर ७७ वर्षको उमेरमा उहाँको निधन भएको परिवारले जानकारी दिएको छ ।
साँझ स्वास्थ्यमा समस्या आएपछि उहाँलाई सुन्धारास्थित काठमाडौं भ्याली अस्पताल लगिएको थियो त्यहीँ अस्पतालमा उहाँको निधन भएको हो । उहाँ लामो समयदेखि मधुमेह रोगबाट पीडित हुनुहुन्थ्यो ।
संगीतका साथै उहाँ तीन दशकभन्दा लामो समय सरकारी सेवामा रहनुभएको थियो । उहाँले २०६१ मा सहसचिव पदबाट अवकाश लिनुभएको थियो ।
पशुपति आर्यघाटमा आजै उहाँको अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । उहाँका दुई छोरी र एक छोरा छन् ।