Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

  • शुक्रवार, माघ ५ २०८०

  • 531
    SHARES

  • कस्तो रहला आजको मौसम ?

    काठमाडौं । देशभर चिसो अत्यधिक महसुस गरिएको छ । पहाडी भेगमा आंशिक बदली छ। तराईका एकदुई स्थानमा हुस्सु र कुहिरो लागेको छ। ​दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहनेछ।

    कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    राति देशका पहाडी भूभागमा आंशिक रही बाँकी भागको मौसम सफा रहनेछ।

    कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा सामान्य हिमपातको सम्भावना छ।


    शुक्रवार, माघ ५ २०८००६:५३:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij