काठमाडौं । नेपालमा आज थप ३ हजार ७९० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । १५ हजार ७ सय १४को पीसीआर गर्दा यतिको संख्यामा थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतले जानकारी दिनुभयो ।
आज थपिएका मध्य काठमाडौं उपत्यकाका २ हजार ३ सय ८८ जना रहेका छन् । योसँगै संक्रमितको कुल संख्या १ लाख ३६ हजार ३६ पुगेको छ । त्यस्तै, आज २ हजार ३ सय ३५ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ७७८ रहेको छ भने ४ हजार ४७० जना क्वारेन्टिनमा छन् । यो सहित संक्रमणमुक्त हुनेको संख्या ९४ हजार ५ सय १ पुगेको छ । आज १८ जना संक्रमितको मृत्यु भएको छ ।
योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय ५७ पुगेको छ । यस्तै मन्त्रालयले आजम्म देशभर २८२ जना कोरोना संक्रमितको आईसीयुमा र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा। गौतमले प्रदेश १ मा ३०, प्रदेश २ मा १३, बागमतीमा १५३, गण्डकीमा २०, लुम्बिनीमा ५१, कर्णालीमा ७ र सुदूरपश्चिममा ८ जना कोरोना संक्रमितको आईसीयुमा उपचार भइरहेको जानकारी दिनुभयो ।
यस्तै प्रदेश १ मा १२, प्रदेश २ मा १, बागमती प्रदेशमा ३८, गण्डकी प्रदेशमा ४, लुम्बिनी प्रदेशमा ५ र सुदूरपश्चिम प्रदेशमा ३ जना गरी देशभर ६३ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हाल मोरङ, सुनसरी, मकवानपुर, सुर्खेत, ललितपुर, काठमाडौँ, चितवन, कास्की, भक्तपुर, दाङ, बाँके र रुपन्देही गरी १२ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमित नरहेको जिल्ला मुस्ताङ मात्रै हो ।