Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

नक्कली मदिरा बनाएर बेच्ने नौ जना पक्राउ

नक्कली मदिरा बनाएर बेच्ने नौ जना पक्राउ

  • बुधवार, माघ ३ २०८०

  • 738
    SHARES

  • नक्कली मदिरा बनाएर बेच्ने नौ जना पक्राउ

    काठमाडौं। नक्कली मदिरा उत्पादन र बेचबिखन गर्ने ९ जनालाई काठमाडौंबाट पक्राउ गरिएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आज पत्रकार सम्मेलन गरेर विभिन्न स्वदेशी तथा विदेशी ब्राण्डका नक्कली मदिरा उत्पादन र बिक्री वितरण गर्ने ९ जनालाई सार्वजनिक गरेको हो।

    पक्राउ पर्नेमा रामेछाप घर भएका मनोज खत्री, महेश खत्री, मनिष खत्री र विनोदकुमार कार्की, सिन्धुपाल्चोक घर भएका मोहन खड्का र रोशन कार्की, सिन्धुली घर भएका गौरव तामाङ र लेखविक्रम थापा तथा काठमाडौँ घर भएका सुमन नगरकोटी रहेका छन्।

    उनिहरुले काठमाडौंको कागेश्वरी नगरपालिकास्थित थलीमा एक घर भाडामा लिई नक्कली मदिरा उत्पादन गरी बजार मूल्यभन्दा कम मूल्यमा बिक्री वितरण गर्ने गरेको पाइएको छ।

    उनीहरुको साथबाट नक्कली मदिराको बिक्री वितरणमा प्रयोग हुने गरेको आन्तरिक राजस्व विभागको नक्कली अन्तःशुल्क स्टिकर पनि भारी मात्रामा बरामद गरिएको प्रहरीले जनाएको छ।

    नक्कली मदिराहरु बिक्री वितरण गर्ने ठाउँको पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीको उनीहरुको साथबाट नक्कली खुकुरी रम २८८ बोत्तललगायतका मदिरा पनि बरामद गरेको थियो।

     


    बुधवार, माघ ३ २०८००४:५५:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij