Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

रवि लामिछानेविरुद्ध युवराज सफलले दिए उजुरी

रवि लामिछानेविरुद्ध युवराज सफलले दिए उजुरी

  • बुधवार, माघ ३ २०८०

  • 1.5K
    SHARES

  • रवि लामिछानेविरुद्ध युवराज सफलले दिए उजुरी

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी दर्ता भएको छ। नेपाली नागरिकका तर्फबाट युवराज सफलले सहकारी ठगी प्रकरणमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन एमडीसमेत रहनुभएका लामिछानेविरुद्ध सफलले उजुरी दिनुभएको हो।

    उजुरीमा सफलले सहकारी ठगी प्रकरणमा राई र लामिछाने मुछिएको भन्दै आवश्यक छानबिन र कारबाहीको माग गर्नुभएको छ।

    उहाँले सहकारीबाट कर्जा लिँदा र दिँदा गरिएका कर्जा सम्झौता कागज, कर्जा प्रवाह गर्दा गरिएका सहकारीको निर्णय कर्जा लिनेबारे कम्पनीले गरेको निर्णयको प्रतिलिपि वा सक्कल कागज नै झिकाई आवश्यक अनुसन्धान गर्न सहकारी मन्त्रीको समेत ध्यानाकर्षण गराउनु भएको छ।

    यस्तो छ, सफलले दायर गरेको निवेदनः

    404898185_805521801410066_4720971770274490074_n_pX1qeoWPBK.webp

    2.webp


    बुधवार, माघ ३ २०८००४:१४:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij