Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

चितवनका दुग्ध किसानको आन्दोलन स्थगित

चितवनका दुग्ध किसानको आन्दोलन स्थगित

  • बुधवार, माघ ३ २०८०

  • 445
    SHARES

  • चितवनका दुग्ध किसानको आन्दोलन स्थगित

    काठमाडौं। चितवनका दुग्ध उत्पादक सहकारी संघद्वारा घोषित आन्दोलनका कार्यक्रम स्थगित भएका छन्। दुधको २२ करोड रकम भुक्तानी नभएपछी संघले गत पुस २९ देखि चरणबद्ध आन्दोलनको घोषणा गरेको थियो।

    संघले आन्दोलन घोषणा गरेपछी सरकारले आफूहरूको माग १५ दिनमा सम्बोधन गर्ने आश्वासनसहित वार्ताका लागि बोलाएपछी आन्दोलन स्थगित गरिएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले जानकारी दिनुभयो।

    किसानले दुधको बजारीकरण सहज गर्नुपर्ने, दुधको भुक्तानी समयमै हुनुपर्ने, सहुलियत ऋण सुलभ तरिकाले किसानले प्राप्त गर्ने वातावरण सिर्जना गर्नुपर्ने, बिमामा देखिएको समस्याको सहजीकरण गर्नुपर्ने र बागमती प्रदेश सरकारबाट दिँदै आएको दुध उत्पादनमा आधारित अनुदान रकम सबै दुग्ध किसानले पाउनुपर्ने लगाएतका माग राखेर आन्दोलन घोषणा गरेका थिए।

    चितवनका ४० हजारभन्दा बढी दुध उत्पादक किसानले भदौदेखि नै भुक्तानी पाएका छैनन् ।


    बुधवार, माघ ३ २०८००३:५४:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij