Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

चितवनमा फेरी भेटियो कोरोना

चितवनमा फेरी भेटियो कोरोना

  • मंगलवार, माघ २ २०८०

  • 1.0K
    SHARES

  • चितवनमा फेरी भेटियो कोरोना

    काठमाडौं। चितवनमा पुनः कोरोना संक्रमण फेला परेको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार १० महिनापछि आज २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।आइतबार र आज गरिएको छुट्टाछुट्टै परीक्षणमा २९ वर्षे र ६६ वर्षे पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो। ​

    निमोनियाका कारण उपचारका लागि भरतपुर अस्पताल पुगेका वृद्धको कोरोना परीक्षणका क्रममा सङ्क्रमण पुष्टि भएपछि उनलाई अस्पतालमै राखी उपचार शुरू गरिएको छ भने अर्का २९ वर्षे पुरुषलाई पनि होम आइसोलेसनमा राखिएको छ।

    कोरोना सङ्क्रमण देखिएपछि स्वास्थ्य कार्यालय चितवनले सबैलाई सतर्कता अपनाउनका लागि अनुरोध गरेको छ।यसअघी चितवनमा पछिल्लो पटक गत चैतमा कोरोना सङ्क्रमण देखिएको थियो।​


    मंगलवार, माघ २ २०८००५:५६:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij