Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

झापामा सिलिन्डर विस्फोट हुँदा दुइजना घाइते, एकको अवस्था गम्भीर

झापामा सिलिन्डर विस्फोट हुँदा दुइजना घाइते, एकको अवस्था गम्भीर

  • मंगलवार, माघ २ २०८०

  • 950
    SHARES

  • झापामा सिलिन्डर विस्फोट हुँदा दुइजना घाइते, एकको अवस्था गम्भीर

    काठमाडौं। झापामा ग्यास सिलिन्डर विस्फोट हुँदा दुईजना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ।

    बिर्तामोड नगरपालिका–७ स्थित बेल्स मोडल स्कुलमा स्कुलको अतिरिक्त कार्यक्रममा बेलुन फुलाउने क्रममा हाइड्रोजन ग्यास सिलिन्डर विस्फोट हुँदा ५५ वर्षका भारतीय नागरिक गणेश सहनी गम्भिर घाइते भएका प्रहरीले जनाएको छ।

    स्कुलले आयोजना गरेको एक कार्यक्रमको सजावटका लागि बेलुन फुलाउने क्रममा भएको सिलिण्डर विस्फोटले सहनीको कम्मरमुनिको भाग क्षतविक्षत बनेको छ।

    सोही सिलिण्डर विस्फोटको आवाजले अर्का एकजना विद्यार्थी पनि घाइते भएका छन्। कक्षा ९ मा अध्ययनरत १५ वर्षीया कुसुम तामाङको कानमा समस्या आएको छ। घाइते दुबैजनालाई बीएण्डसी अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।


    मंगलवार, माघ २ २०८००२:२८:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij