Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

रुसी सेनामा भर्ती भएका पूर्व वाईसिएलका अध्यक्ष गुरुङको मृत्यु

रुसी सेनामा भर्ती भएका पूर्व वाईसिएलका अध्यक्ष गुरुङको मृत्यु

  • मंगलवार, माघ २ २०८०

  • 1.2K
    SHARES

  • रुसी सेनामा भर्ती भएका पूर्व वाईसिएलका अध्यक्ष गुरुङको मृत्यु

    काठमाडौं । रुसी सेनामा भर्ती भएका लमजुङका एक युवकको मृत्यु भएको छ ।

    लमजुङको दूधपोखरी गाउँपालिका–१ घामर चोकका ३२ वर्षीय साजन गुरुङको रुस–युक्रेन युद्धमा मृत्यु भएको खबर प्राप्त भएको वडाध्यक्ष दुर्गामान गुरुङले जानकारी दिनुभयो ।

    रोजगारीका लागि रुसी सेनामा पुगेका गुरुङको मृत्यु भएको खबर पाँच दिन अघिमात्र परिवारलाई प्राप्त भएको थियो ।

    वडाध्यक्ष गुरुङका अनुसार मृतक गुरुङसँगै रुसी सेनामा पुगेका साथीहरुले उनका भाइ कुमार गुरुङलाई उक्त खबर पठाएका थिए । जर्मनीमा रहेका भाइ कुमारले दाइको मृत्युको खबर घर पठाएपछि परिवारले पुस २९ गते क्रियाकर्म समेत गरिसकेको उहाँले बताउनुभयो ।

    गुरुङ दूधपोखरी गाउँपालिकाका वाईसिएल अध्यक्षसमेत बन्नुभएको थियो ।


    मंगलवार, माघ २ २०८००१:५१:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij