Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

माघेसंक्रान्ती उल्लासपूर्वक मनाइँदै, छोरीचेलीहरूलाई मीठा परिकार खुवाएर सम्मान गर्ने प्रचलन (खास खबर)

माघेसंक्रान्ती उल्लासपूर्वक मनाइँदै, छोरीचेलीहरूलाई मीठा परिकार खुवाएर सम्मान गर्ने प्रचलन (खास खबर)

कन्दमूल खानाले शरीरमा शक्तिआर्जन र ताप रहने विश्वास                                                 
  • सोमवार, माघ १ २०८०

  • 507
    SHARES

  • माघेसंक्रान्ती उल्लासपूर्वक मनाइँदै, छोरीचेलीहरूलाई मीठा परिकार खुवाएर सम्मान गर्ने प्रचलन (खास खबर)
    काठमाडौं । नेपालीहरूले परम्परागत रुपमा मनाउँदै आइरहेको माघेसंक्रान्ती पर्व विशेष गरी मगर र थारु समुदायका नागरिकहरूले भव्यताका साथ मनाउँदै आएका छन् । उनीहरूले विशेष कार्यक्रमकै आयोजना गरी यो पर्व मनाउने गर्दछन् । आज काठमाडौंको टुँडिखेल लगायत देशका विभिन्न स्थानहरूमा यी समुदायले यो पर्व मनाइरहेका छन् । 
     
    माघेसंक्रान्तीलाई विभिन्न नामले पुकार्ने गरिन्छ, जस्तै मकर संक्रान्ति, माघी, माघे संक्रान्ति आदि । जुन माघ महिनाको पहिलो दिनमा पर्दछ । उक्त दिन नेपालमा सार्वजनिक बिदा दिने गरिन्छ । माघे संक्रान्तिका दिन नेपालका विभिन्न नदीनाला, सागर तथा त्रिवेणीमा गएर स्नान गर्नुका साथै पूजाआजा गर्ने प्रचलन रहेको पाइन्छ । माघे संक्रान्तिका दिनबाट सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने भएकाले नै “मकर संक्रान्ति” भनिएको हो । छोरीचेलीलाई बोलाएर सम्मानसहित मीठामीठा परिकार खुवाउने पर्व माघेसंक्रान्ती रहेको विनीता आलेको भनाइ छ ।
     
    आजैका दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्ध तर्फबाट प्रवेश गर्ने हुँदा दिन लम्बिँदै जाने र रात छोट्टिँदै जाने विश्वास गरिन्छ । माघे संक्रान्तिका दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भन्दो र मकलसहितको सीदा दाङ गरेमा विशेष फल प्राप्त हुने धार्मिक मान्यता रहिआएको छ । आज खाने फलले शरीर पोषिलो हुनुका साथै रोगब्याधी नलाग्ने भविष्य पुराण, विश्नुबचन तथा धर्म सिन्धुमा उल्लेख गरेको पाइन्छ । भ्रातृत्व, सदाचार र मित्रताको पर्व माघी रहेको सांसद पूर्णबहादुर घर्तीको भनाइ छ । 
     
    विविध जाति र समुदायको बाहुल्यता रहेको नेपालमा यो पर्व सबैले मनाउने गरेको पाइन्छ । तराईका जिल्लाहरूमा मैथिलीले तिला सङ्क्रान्ति पर्वका रूपमा मनाउँछन् । तराईमा यस दिन खिचडी, तिल र चिउराका लड्डुलगायतका परिकार बनाएर खाने गरिन्छ । माघीलाई थारूहरूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ । मगर जातिहरूले यस पर्वलाई ३ दिनसम्म विशेष धूमधामका साथ मनाउने गर्दछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माघेसंक्रान्ती सबै नेपालीको एकता र भ्रातृत्वको पर्व रहेको बताउनुभयो । 
     
    माघे संक्रान्ति देश विदेश जतासुकै मनाउने प्रचलन बढ्दै गएको छ । तिलका लड्डु, चाकु, तरुल र सेलरोटी जस्ता विभिन्न परिकारको साथमा माघे संक्रान्तिको रमझम गर्ने गरेको पाइन्छ । शिशिर ऋतुमा पर्ने यो संक्रान्तिमा शरीर शुद्ध गरी घिउ चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीका मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ ।
     


    सोमवार, माघ १ २०८००८:०६:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij