Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

टुँडिखेलमा भीडमा चेपिएर ८ जना घाइते, ट्रमा सेन्टरमा उपचार हुँदै

टुँडिखेलमा भीडमा चेपिएर ८ जना घाइते, ट्रमा सेन्टरमा उपचार हुँदै

  • सोमवार, माघ १ २०८०

  • 3.6K
    SHARES

  • टुँडिखेलमा भीडमा चेपिएर ८ जना घाइते, ट्रमा सेन्टरमा उपचार हुँदै
    काठमाडौं । काठमाडौंको टुँडिखेलमा अत्यधिक भीडभाडमा चेपिएर ८ जना घाइते भएका छन् ।
     
    माघे संक्रान्तिको अवसरमा मगर र थारु समुदायले आयोजना गरेको अलग अलग कार्यक्रममा सहभागी हुन गएका सर्वसाधारण अत्यधिक भीडभाडका क्रममा घाइते हुन पुगेका हुन् ।
     
    घाइतेहरूलाई उपचारका लागि ट्रमा सेन्टरमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले बताउनुभएको छ । उनीहरूको अवस्था सामान्य छ ।
     
    भित्र प्रवेश गर्ने र बाहिर निस्कनेहरू धेरै हुँदा टुँडिखेलको गेटमा बढेको भिडमा उनीहरू चेपिएका प्रहरीले जनाएको छ ।
     


    सोमवार, माघ १ २०८००४:४५:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij