Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

काठमाडौंमा मेलम्चीको पानी पुनः वितरण सुरु, चौथोपटक गरे प्रधानमन्त्री उद्याटन

काठमाडौंमा मेलम्चीको पानी पुनः वितरण सुरु, चौथोपटक गरे प्रधानमन्त्री उद्याटन

  • सोमवार, माघ १ २०८०

  • 306
    SHARES

  • काठमाडौंमा मेलम्चीको पानी पुनः वितरण सुरु, चौथोपटक गरे प्रधानमन्त्री  उद्याटन

    काठमाडौं। काठमाडौंमा आजदेखि पुनः मेलम्चीको पानी वितरण सुरु गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँमा मेलम्चीको पानी पुनः वितरण कार्यको शुभारम्भ गर्नुभएको हो ।

    आज बिहान सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट उहाँले सार्वजनिक धारा खोलेर पानी पिउँदै मेलम्ची खानेपानी पथान्तरण तथा पुनः वितरण कार्यको शुभारम्भ गर्नुभएको हो ।

    पानि वितरणको चौथोपटक शुभारम्भ गर्दै प्रधानमन्त्री प्रचण्डले उपत्यकाभित्र खानेपानी वितरणको कार्य नयाँ वितरण सञ्जालमार्फत समानुपातिक, सुरक्षित तथा तोकिएको परिमाणको खानेपानी सेवा २४ सै घण्टा उपभोक्ता सदस्यहरूको धारामा वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिनुभयो।

    काठमाडौँ उपत्यकाको बढ्दो जनसङ्ख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रयासरत रहेको बताउनुभयो ।

    गएको वर्षातको समयमा सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध भएको मेलम्ची खानेपानी आयोजनाको पानी आजबाट पुनः काठमाडौँमा विवतरण सुरु भएको हो। अनामनगर, मीनभवन, महाँकालचौर, रिगनी, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा अब क्रमिकरूपमा पानी वितरण गरिने छ।

    अब मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँ आउने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । वर्षात्को बेला रोकिने गरेको मेलम्चीको पानी हिउँदका केही महिना भने काठमाडौँमा वितरण हुने गरेको छ।


    सोमवार, माघ १ २०८०१०:३२:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij