Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

आजको मौसमः केही भुभागमा हिमपातको सम्भावना

आजको मौसमः केही भुभागमा हिमपातको सम्भावना

  • सोमवार, माघ १ २०८०

  • 554
    SHARES

  • आजको मौसमः केही भुभागमा हिमपातको सम्भावना

    काठमाडौं। पश्चिमी वायुको आंशिक प्रभावका कारण आज नेपालका पहाडी केही भुभागमा हिमपातको सम्भावना रहेको छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने सम्भावना रहेको छ।

    आज गण्डकी, कोशी र बाग्मती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा देशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ।

    राति पनि पहाडी भूभागमा आंशिक‍देखि सामान्य बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी ,कोशी र बाग्मती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

    कोशी र गण्डकी, बाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

     


    सोमवार, माघ १ २०८००७:४३:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij