Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

आज माघे सङ्क्रान्ति पर्व, तिर्थस्थानमा बिहानैदेखी माघ स्नान गर्नेको घुँइचो

आज माघे सङ्क्रान्ति पर्व, तिर्थस्थानमा बिहानैदेखी माघ स्नान गर्नेको घुँइचो

  • सोमवार, माघ १ २०८०

  • 905
    SHARES

  • आज माघे सङ्क्रान्ति पर्व, तिर्थस्थानमा बिहानैदेखी माघ स्नान गर्नेको घुँइचो

    काठमाडौं। आज माघ १ गते, माघी अर्थात मकर सङ्क्रान्ति पर्व मनाईदैछ । प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघी अर्थात माघे सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ।

    आज देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका तिर्थस्थानमा बिहानैदेखी माघ स्नान गर्ने भक्तजनको भीड लागेको छ । ती ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ।

    सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ भने माघ १ गतेदेखि सूर्य उत्तरायण हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्।

    धर्मसिन्धुमा माघे सङ्क्रान्तिको दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने मान्यता छ। सूर्य उत्तरायण हुने दिनको स्नान,जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ।

    यस्तै आज थारू समुदायले सोमबार माघी पर्व मनाउँदैछन्। तराईवासीले माघ १ गतेलाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँने गर्छन् ।

    सो दिन बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ। माघे सङ्क्रान्तिमा दिन घ्यु, चाकु, तिलका लड्डु, खिचडी, सखरखण्ड, तरुललगायतका परिकार पनि खाने चलन छ।

    मकर सङ्क्रान्तिमा शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ। शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ। माघे सङ्क्रान्ति अर्थात् माघी पर्वको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

     


    सोमवार, माघ १ २०८००७:२८:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij