Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

काठमाडौंमा आजदेखि मेलम्चीको पानी आउँदै, प्रधानमन्त्रीले पाँचौपटक उद्याटन गर्दै

काठमाडौंमा आजदेखि मेलम्चीको पानी आउँदै, प्रधानमन्त्रीले पाँचौपटक उद्याटन गर्दै

  • सोमवार, माघ १ २०८०

  • 462
    SHARES

  • काठमाडौंमा आजदेखि मेलम्चीको पानी आउँदै, प्रधानमन्त्रीले पाँचौपटक उद्याटन गर्दै

    काठमाडौं।  काठमाडौं उपत्यकामा आजदेखि पुनः मेलम्चीको पानी वितरण सुरु गरिँदैछ। वर्षाले क्षतिग्रस्त भएको मेलम्चीको मुहान क्षेत्र मर्मत गरी माघ १ गतेदेखि पुनः पानी वितरण गर्न लागिएको हो ।

    आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेलम्चीको पानी वितरणको शुभारम्भ गर्दै हुनुहुन्छ । यससँगै मेलम्चीको पानी काठमाडौंमा पाँचौपटक उद्याटन हुने भएको छ।

    प्रधानमन्त्रीले पानी वितरणको कार्य शुभारम्भ गरेपछि घरघरका धारामा मेलम्ची पानी पुग्ने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। आज पहिलो दिन अनामनगर र मिनभवन केन्द्रबाट पानी वितरण सुरु हुनेछ।

    त्यसपछि क्रमशः खुमलटार, महाँकाल चौर, कीर्तिपुर, बोडे, कटुन्जे, बालाजु, बाँसबारी केन्द्रबाट पनि पानी वितरण सुरु गरिने आयोजनाले जनाएको छ। बाढीले मेलम्ची खानेपानीको मुहान र पहुँच मार्गमा क्षति पुगेपछि मेलम्ची खानेपानीको आपूर्ति रोकिएको थियो।


    सोमवार, माघ १ २०८००६:५९:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij