Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

भोलिदेखि मेलम्चीको पानी काठमाडौंमा

भोलिदेखि मेलम्चीको पानी काठमाडौंमा

  • आइतवार, पौष २९ २०८०

  • 315
    SHARES

  • भोलिदेखि मेलम्चीको पानी काठमाडौंमा

    काठमाडौं । भोलिदेखि मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं आउने भएको छ।

    काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले माघे संक्रान्तिदेखि काठमाडौँ उपत्यकावासीका लागि मेलम्चीको पानी वितरण गर्ने तयारी गरेको बताएको छ।

    पहिलो दिन भोलि अनामनगर र मिनभवन केन्द्रबाट पानी वितरण शुरु हुने छ। बाढी पहिरोका कारण संरचनामा क्षति पुगेपछि अवरुद्ध बनेको मेलम्चीको पानी अवरुद्ध भएको ठाउँमा मर्मत गरेपछि बुधबार साँझदेखि पुनःकाठमाडौँमा पथान्तरण गरिएको थियो।

    मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँ आउने मेलम्ची खानेपानी विकास समितिका आयोजना निर्देशक जक्की अहमद अन्सारीले बताउनुभयो । 


    आइतवार, पौष २९ २०८०१०:२८:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij