Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

अपडेटः बस दुर्घटनाका मृत्यु हुने १२ जनामध्ये ८ जनाको सनाखत (नामसहित)

अपडेटः बस दुर्घटनाका मृत्यु हुने १२ जनामध्ये ८ जनाको सनाखत (नामसहित)

  • शनिवार, पौष २८ २०८०

  • 526
    SHARES

  • अपडेटः बस दुर्घटनाका मृत्यु हुने १२ जनामध्ये ८ जनाको सनाखत (नामसहित)

    काठमाडौं । दाङको भालुवाङमा भएको बस दुर्घटनाका मृत्यु हुने १२ जनामध्ये ८ जनाको परिचय खुलेको छ ।

    परिचय खुल्नेहरुमा मकवानपुर हेटौँडाका ३९ वर्षीय सौरभ विष्ट, काठमाडांैको चन्द्रागिरि नगरपालिका–१५ का ६५ वर्षीय ताराकान्त पाण्डे, भारत उत्तर प्रदेशका ३१ वर्षीय मुने, जुम्लाका ४० वर्षीय मुनबहादुर रावत, बाँकेका २० वर्षीय रामवरण हरिजन, रुकुमका २५ वर्षीय दीपक कामी, भारत विहारका ६७ वर्षीय देवेन्द्र राय तथा बाँकेको नेपालगञ्जकी ६० वर्षीया कुसुम बस्नेत रहेको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले बताउनुभयो ।

    अरु चार जनाको अहिलेसम्म परिचय खुलेको छैन । शवलाई लमहीको लमही अस्पतालमा राखिएको छ । नेपालगञ्जबाट काठमाडौंका लागि छुटेको भे १ ख ३९१२ नम्बरको रात्रि बस गएराति भालुवाङको राप्ती पुलबाट खसेको थियो । बस पल्टिँदा अरु २३ जना यात्रु घाइते भएका छन् ।

    घाइतेमध्ये १४ जनाको बाँकेको कोहलपुरमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभयो ।

    सात जना घाइतेको बुटवल र बाँकीको भालुवाङमा उपचार भैरहेको छ । बसका चालक सल्यान घर भएका २८ वर्षीय लालबहादुर नेपालीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बस दुर्घटनाको कारण खुलिसकेको छैन ।


    शनिवार, पौष २८ २०८०१०:४९:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij