काठमाडौं । बझाङमा गएराति ४.४ म्याग्निच्यूडको भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शुक्रबार राति ११ः३२ मा छविसपाथिभेरा गाउँपालिकाको पतालचौर आसपास केन्द्र भएर भूकम्प गएको हो।
बझाङमा गत असोज १६ गतेको शक्तिशाली भूकम्पपछि लगातार परकम्प गइरहेको छ।