Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

दाङको भालुवाङमा रात्री बस खस्दा १२ जनाको मृत्यु, २३ घाइते

दाङको भालुवाङमा रात्री बस खस्दा १२ जनाको मृत्यु, २३ घाइते

  • शनिवार, पौष २८ २०८०

  • 1.3K
    SHARES

  • दाङको भालुवाङमा रात्री बस खस्दा १२ जनाको मृत्यु, २३ घाइते

    शरद रेग्मी, दाङ । भालुवाङ बस दुर्घटनामा मृतकको संख्या १२ पुगेको छ । इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहका अनुसार राति पौने १ बजेसम्म मृत्यु हुनेको संख्या १२ पुगेको हो । उनीहरुको पहिचान हुन सकेको छैन । शवलाई लमही स्थित अस्पतालमा पठाईएको छ । २३ जनालाई उपचारकालागि बुटवल र नेपालगञ्ज पठाउने तयारी छ ।

    बाँकेको नेपालगञ्जबाट काठमाडौं तर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबाहक बस शुक्रबार राति साढे १० बजे तिर दाङ–देउखुरीको भालुवाङ स्थित राप्ती नदीमा खस्दा १२ जनाको मुत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख उज्जवल सिंहले जानकारी दिएका छन् । घटना स्थलबाट जेसिवीको सहायताले ७ जनाको शव निकालिएको छ । यस अघि ५ जनाको शव निकाली सकिएको थियो ।

    अहिले २३ जना घाइतेहरुको भालुवाङ प्रस्तावित अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख सिंहले जानकारी दिएका छन् ।

    बसमा करिब ३०/३५ जना यात्रु सवार रहेको हुन सक्ने प्रहरी प्रमुख सिंहले जानकारी दिएका छन् । अहिले पनि नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी र स्थानीय भालुवाङका नागरिकहरू उद्धारमा खटिएका छन् । बस तिब्र गतिका कारण पुलबाट खसेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।


    शनिवार, पौष २८ २०८००६:०३:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij