काठमाडौं। मेलम्ची खानेपानी आयोजनाले आजदेखी सुरुङमा पानी पठाउन थालेको छ। सिन्धुपाल्चोकको अम्बाथानस्थित हेडवर्क्सबाट आजदेखी सुरुङमा पानी पठाउन थालिएको आयोजनाले जनाएको छ।
आयोजनाका अनुसार अहिले टनेल सफा गर्ने प्रयोजनका लागि बाँध रहेको स्थलबाट सुरुङमा पानी पठाइएको हो।सुरुङ सफा गरिएको धमिलो पानी अम्बाथान, ग्याल्थुम र सुन्दरीजलमा रहेका अडिट टनेलबाट निकालिनेछ। सुरूङमा पठाएको पानी धमिलो हुन छाडेपछि पूर्ण रुपमा काठमाडौं पठाइनेछ।
त्यसको लागी कम्तिमा ४ दिन लाग्ने आयोजनाले जनाएको छ। गत असारमा बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्चीको पानी अबको चार दिन अर्थात माघ १ गतेसम्ममा काठमाडौँ आउनेछ।
यही पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबिच २८ दिनमा मेलम्चीको पानी काठमाडौँ ल्याउने सहमति भएअनुसार बुधवार साँझदेखि काठमाडौँका लागि पानी पथान्तरण गरिएको आयोजनाले जानकारी दिएको छ।