Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

गौशाला २६ को पहिचान सार्वजनिक गर्नेमाथि साइबर ब्यूरोले थाल्यो अनुसन्धान 

गौशाला २६ को पहिचान सार्वजनिक गर्नेमाथि साइबर ब्यूरोले थाल्यो अनुसन्धान 

  • बिहिवार, पौष २६ २०८०

  • 1.3K
    SHARES

  • गौशाला २६ को पहिचान सार्वजनिक गर्नेमाथि साइबर ब्यूरोले थाल्यो अनुसन्धान 
    काठमाडौं । सन्दीप लामिछाने बलात्कारको कसुरमा दोषी ठहर भएपछि पीडितको भन्दै तस्बिरहरू सार्वजनिक भएपछि यसप्रति प्रहरीको साइबर ब्यूरोले अनुसन्धान थालेको छ । ब्यूरोका एसपी पशुपति रायका अनुसार, यसबारे उजुरी समेत प्राप्त भएकाले त्यसरी तस्बिरहरू राख्नेहरूको खोजी भइरहेको छ ।
     
    जिल्ला अदालत, काठमाडौंले लामिछानेलाई बुधबार ८ वर्ष वर्ष जेल सजाय र ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउने आदेश गरेको थियो । त्यसपछि लामिछानेका समर्थकहरूले पीडित गौशाला २६ भन्दै विभिन्न तस्बिर र व्यक्तिगत विवरणहरू सार्वजनिक गराएका थिए ।
     
    जिल्ला अदालत काठमाडौंले १३ पुसमा क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । तीन वर्षभन्दा भन्दा बढी कैद सजाय हुने कसुरमा सजाय निर्धारणका लागि छुट्टै इजलास बस्नुपर्ने कानुनी व्यवस्था अनुसार बुधबारको मिति तोकिएको थियो ।
     
    ५ भदौ, २०७५ मा बन्द प्रशिक्षणमा रहेका बेला क्रिकेटर सन्दीप लामिछाने ताहाचलस्थित हायात प्यालेस होटेलबाट निस्केर पीडित (गौशाला २६) लाई भेटेका थिए । सन्दीपले पीडितलाई नगरकोट घुमाएर फर्किएपछि सिनामंगलस्थित एक होटेलमा बास बसेको र त्यसक्रममा बलात्कार गरेको भन्दै पीडित गौशाला २६ ले जाहेरी दिएकी थिइन् ।


    बिहिवार, पौष २६ २०८००३:३०:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij