Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

कैलालीमा भएको मोटरसाइकल दुर्घटनामा श्रीमान श्रीमतीको मृत्यु

कैलालीमा भएको मोटरसाइकल दुर्घटनामा श्रीमान श्रीमतीको मृत्यु

  • बिहिवार, पौष २६ २०८०

  • 428
    SHARES

  • कैलालीमा भएको मोटरसाइकल दुर्घटनामा श्रीमान श्रीमतीको मृत्यु

    काठमाडौं । कैलालीमा भएको मोटरसाइकल दुर्घटनामा श्रीमान श्रीमतीको मृत्यु भएको छ। मोहन्याल गाउँपालिकामा–७ मा पर्ने कुइने चिसापानी सडक खण्डको पितमारीमा दुर्घटना हुँदा अछामको पञ्चदेवल विनायक नगरपालिका– १ कुइकाका खकेन्द्र ढकाल र श्रीमती मैसराको मृत्यु भएको हो।

    ढकाल दम्पती सवार भे १३ प १०७४ नम्बरको मोटरसाइकल साँझ ७ बजेतिर सडकबाट २०० मिटर तल कर्णाली नदीमा खसेको थियो। उनीहरू अछामबाट बर्दियाको भुरीगाउँ जाँदै थिए ।

    दुवै जनाको शव मोटरबोटको सहायताले निकालिएको छ। मृतक ढकालका दुई छोरा र एक छोरी छन्।


    बिहिवार, पौष २६ २०८००७:२२:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij