Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पछिल्लो पटक थप ५ जना कोरोना संक्रमितको मृत्यु

पछिल्लो पटक थप ५ जना कोरोना संक्रमितको मृत्यु

  • आइतवार, कार्तिक २ २०७७

  • 961
    SHARES

  • पछिल्लो पटक थप ५ जना कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो पटक थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । गएराति बिराटनगर महानगरपालिका–१२ का ५५ वर्षीय पुरुषको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ । ती पुरुषलाई असोज १३ गते कोरोना पोजेटिभ देखिएको थियो ।

    बिराटनगरकै एक वृद्ध पुरुषको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । क्यान्सर रोगबाट पीडित रहेका बिराटनगर महानगरपालिका–७ का ८६ वर्षीय वृद्धको आज बिहान मृत्यु भएको मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो । कोशी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गराउँदा उनको रिपोर्ट पोजेटिभ आएको थियो।

    यसैगरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक वृद्ध पुरुषको पनि मृत्यु भएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–९ का ७९ वर्षीय कोरोना वृद्धको उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिनुभयो । उनमा मुटु सम्बन्धी पुरानै समस्या थियो ।

    उनलाई २६ असोजमा कोरोना पोजेटिभ देखिएपछि भोलिपल्ट उपचारका लागि प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।
    इलामकी ८ वर्षीया कोरोना संक्रमित बालिकाको पनि मृत्यु भएको छ । मिर्गौला पीडितसमेत रहेकी इलामको सुर्योदय नगरपालिका– १२ की ८ वर्षीया बालिकाको दुई वटै मृगौलाले काम गर्न छाडेको थियो ।

    ४ दिनअघि कोरोना पोजिटिभ पुष्टि भएकी बालिकलाई उपचार गर्दा अवस्था सुधार नदेखिएपछि अस्पतालले डिस्चार्ज दिएकोमा उनको हिजो बाटोमै मृत्यु भएको हो ।

    उता, बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत बर्दियाका एक कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ ।
    ठाकुरबाबा नगरपालिका–६ का ४२ वर्षीय पुरुषको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुु भएको छ ।


    आइतवार, कार्तिक २ २०७७१२:३२:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij