Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

रामबहादुर बम्जनलाई आज सर्लाही लगिँदै

रामबहादुर बम्जनलाई आज सर्लाही लगिँदै

  • बुधवार, पौष २५ २०८०

  • 1.2K
    SHARES

  • रामबहादुर बम्जनलाई आज सर्लाही लगिँदै

    काठमाडौं । प्रहरीले पक्राउ गरेका रामबहादुर बम्जनलाई बुधबार सर्लाही लगिने भएको छ।

    २०७६ सालमा सर्लाहीमा एक नाबालिका बलात्कारको आरोप लागेदेखि उनी प्रहरीको खोजीमा रहेका थिए।

    केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले बुधबार पत्रकार सम्मेलन गरी जिल्ला अदालतमा उपस्थित गराउन उनलाई आजै सर्लाही लैजान लागिएको जनाएको छ।

    ‘२०७६ सालमा सर्लाहीमा नाबालिकामाथि बलात्कारको केशमा खोजी भइरहेको अवस्था थियो। सिआइबीका एसएसपी दिनेश आचार्यका अनुसार उनलाई मंगलबार बेलुकी काठमाडौंको हात्तीगौंडाबाट पक्राउ गरिएको थियो।

    उहाँले बम्जन दुई महिनादेखि हात्तीगौंडास्थित आफ्नै निवासमा लुकीछिपी बस्दै आएको बताउनुभयो । प्रहरी पुगेपछि उनी घरको दुई तलामाथिबाट हाम फालेर भाग्न खोजेको एसएसपी सुवेदीले बताउनुभयो ।

    उनीमाथि विभिन्न आश्रमबाट ४ जना मानिस बेपत्ता बनाएको पनि आरोप छ। चुम्ब भनिने २९ वर्षीय चिनिमाया तामाङ, ३० वर्षीय फूलमाया रुम्बा, ५१ वर्षीय संचलाल वाइबा र ३४ वर्षीय सुरेशकुमार आले हराइरहेको भन्दै खोजीका लागि विभिन्न स्थानमा उजुरी परेको सुवेदीले बताउनुभयो।

    उनको निवासबाट ३ करोड ३ लाख ७५ हजार ५ सय रूपैयाँ नगद बरामद भएको छ।


    बुधवार, पौष २५ २०८००२:१४:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij