Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

रामबहादुर बम्जनको घरबाट ३ करोड धेरै नगद बरामद

रामबहादुर बम्जनको घरबाट ३ करोड धेरै नगद बरामद

  • बुधवार, पौष २५ २०८०

  • 349
    SHARES

  • रामबहादुर बम्जनको घरबाट ३ करोड धेरै नगद बरामद

    काठमाडौं । हिजो साँझ काठमाडौंको बुढानिकण्ठबाट पक्राउ परेका रामबहादुर बम्जनको घरबाट ३ करोड रुपैयाँभन्दा बढी नगद बरामद भएको छ।

    केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बूढानीलकण्ठस्थित बम्जनको घरबाट ३ करोड ३० लाख रुपैयाँ बरामद गरेको प्रहरीको भनाइ छ। यसबाहेक उनको घरबाट १५ वटा मोबाइल, ३ ल्यापटप पनि बरामद भएको सीआईबीका एक उच्च अधिकारीले जनाएका छन्।

    ​ बम्जनमाथि २०७३ साल साउन २० मा आश्रममा आएका तीन युवतीलाई प्रलोभनमा पारेर यौनशोषण र बलात्कारपछि बेपत्ता गरेको आरोप छ।​

    बम्जनविरुद्ध सर्लाही, मकवानपुर र सिन्धुपाल्चोकमा मुद्दा दर्ता छ। आश्रममा बसेका आनीसहित ४ जनालाई बेपत्ता बनाएको, बलात्कार गरेको र हत्या गरेको आरोपमा उनी प्रहरीको खोजी सूचीमा दिए।


    बुधवार, पौष २५ २०८०१०:५६:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij