Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

बडादशैंको दोस्रो दिनः आज देवी ब्रह्मचारिणीको पूजा आराधना गरीदै

बडादशैंको दोस्रो दिनः आज देवी ब्रह्मचारिणीको पूजा आराधना गरीदै

  • आइतवार, कार्तिक २ २०७७

  • 1.3K
    SHARES

  • बडादशैंको दोस्रो दिनः आज देवी ब्रह्मचारिणीको पूजा आराधना गरीदै

    काठमाडौं । बडा दशैँको दोस्रो दिन आज नवदुर्गा मध्येकी दोस्रो देवी ब्रह्मचारिणीको पूजा आराधना गरी मनाइदैछ ।

    आइतवार दशैँ घर अथवा पूजा कोठामा दुर्गा स्थापना गरिएको स्थलमा ब्रह्मचारिणीको स्तुति गरी मनाइने शास्त्रीय विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

    नव दुर्गामध्ये पहिलो दिन शैलपुत्रीको पूजा आराधना गरिन्छ भने दोस्रो दिन ब्रह्मचारिणीको स्तुति गर्ने चलन छ । पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाताको स्तुति गरीन्छ ।

    त्यस्तै छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म यो पर्व मनाउने चलन छ ।

     


    आइतवार, कार्तिक २ २०७७०६:४९:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij