Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

माइतीघरबाट डाक्टर गोविन्द केसी पक्राउ

माइतीघरबाट डाक्टर गोविन्द केसी पक्राउ

  • मंगलवार, पौष २४ २०८०

  • 524
    SHARES

  • माइतीघरबाट डाक्टर गोविन्द केसी पक्राउ
    काठमाडौं । डाक्टर गोविन्द केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  निषेधित क्षेत्र माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेकाले आज प्रहरीले केसीलाई नियन्त्रणमा लिएको हो । यसअघि गत शनिबार पनि केसीसहित उहाँका समर्थक गरी ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएर छाडेको थियो । 
     
    आज पुनः निषेधित क्षेत्रमा प्रदर्शन गरिएकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । केसीलाई अहिले प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । 
    केसीले सशस्त्र द्वन्द्वमा भएका मानवता विरोधी अपराधका दोषीलाई कारबाही गर्नुपर्ने, सङ्क्रमणकालीन न्याय प्रक्रिया टुंगो लगाउनुपर्ने, यसअघि सरकारसँग चिकित्सा शिक्षा र स्वास्थ्य सुधारका क्षेत्रमा भएका सहमति कार्यान्वयन गर्नुपर्ने लगायत माग राख्दै आउनुभएको छ।


    मंगलवार, पौष २४ २०८००२:४९:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij