Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

चक्रवर्ती कलेजका सञ्चालकमाथि छोरासहितको समूहद्वारा चक्कु प्रहार, २४ जना पक्राउ

चक्रवर्ती कलेजका सञ्चालकमाथि छोरासहितको समूहद्वारा चक्कु प्रहार, २४ जना पक्राउ

  • मंगलवार, पौष २४ २०८०

  • 3.0K
    SHARES

  • चक्रवर्ती कलेजका सञ्चालकमाथि छोरासहितको समूहद्वारा चक्कु प्रहार, २४ जना पक्राउ
    काठमाडौं । काठमाडौंको चक्रवर्ती कलेजका सञ्चालक देवेन्द्र भण्डारीमाथि चक्कु प्रहार गरेको आरोपमा उहाँका छोरा नीरज भण्डारीसहित २४ जना पक्राउ परेका छन्। छोरा नीरजसहितको समूहले सोमबार राति देवेन्द्रमाथि चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ।
     
    चक्रवर्ती कलेजको स्वामित्वको विषयलाई लिएर भण्डारीका बाबु–छोराबीच लामो समयदेखि विवाद रहँदै आएको छ। सोमबार राति देवेन्द्रले कलेज प्रवेश गर्न खोज्दा छोरा नीरजसहितको  समूहले आक्रमण गरेको प्रहरीले जनाएको छ। 
     
    प्रहरीका अनुसार आक्रमणमा देवेन्द्र र चितवन घर भई काठमाडौंको शंखमुल बस्ने २२ वर्षीय सुरज रेग्मी घाइते भएका छन्। भण्डारीको टाउकोमा गम्भीर चोट लागेको छ। हाल उनको नर्भिक अस्पतालमा उपचार भइरहेको बताइएको छ। 
     
    छोराले कलेजको स्वामित्व दाबी गर्दै आएको सन्दर्भमा छलफल गर्न देवेन्द्र सोमबार दिउँसो प्रहरीकहाँ समेत पुगेका थिए। राति उनी कलेज प्रवेश गर्न खोज्दा झडप भएको बताइएको छ। 
     
    देवेन्द्र पनि आफ्नो समूह लिएर कलेज पुगेका थिए। उनका छोरा नीरज पनि समूहसहित कलेज भित्र थिए। देवेन्द्रले कलेज भित्र प्रवेश गर्न खोज्दा नीरजको समूह प्रतिकारमा उत्रिएको थियो। जस क्रममा नीरजले नै चक्कु प्रहार गरेको देखिएको प्रहरीले जनाएको छ।
     
    घटनापछि प्रहरीले नीरजसहित २४ जनालाई पक्राउ गरेको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ। 


    मंगलवार, पौष २४ २०८००२:४१:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij