Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कात्तिक ३ गतेदेखि काठमाडौं उपत्यकामा खसी बोका बिक्री वितरण गरिने

कात्तिक ३ गतेदेखि काठमाडौं उपत्यकामा खसी बोका बिक्री वितरण गरिने

  • शनिवार, कार्तिक १ २०७७

  • 3.0K
    SHARES

  • कात्तिक ३ गतेदेखि काठमाडौं उपत्यकामा खसी बोका बिक्री वितरण गरिने

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कात्तिक ३ गतेदेखि काठमाडौं उपत्यकामा खसी बोका बिक्री शुरु गर्ने भएको छ । कम्पनीले थापाथलीस्थित प्रादेशीक कार्यालय परिसरबाट कात्तिक ३ गतेदेखि दशैंका लागि खसी बोका बिक्री वितरणको काम शुरु गर्ने भएको हो ।

    कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्षको दशैंमा खसी, बोका र च्याङग्रा बिक्री गर्दै आएको छ । तर यसपटक प्राविधिक कठिनाइले गर्दा मुस्ताङबाट च्याङग्रा ल्याउन नसकिएको कम्पनीले जनाएको छ ।
    यस्तै २ हजार खसी बोका र च्याङग्रा बिक्री गर्ने योजना रहे पनि आयातमा कठिनाई हुँदा केही संख्यामा खसी र बोका मात्रै बिक्रीमा राखिने कम्पनीका बागमती प्रदेश कार्यालयका प्रमुख पवित्र गौतमले जानकारी दिनुभयो । यस वर्ष तुलसीपुर, दाङ र हेटौंडाबाट १ हजार वटा खसी बोका ल्याइएको उहाँको भनाइ छ ।

    कम्पनीले यसअघि दशैंका लागि १ हजार वटा खसी बोका र १ हजार वटा च्याङग्रा बिक्री गर्ने जनाएको थियो । तर कोरोना भाइरसको संक्रमणले गर्दा बजारमा आम उपोभोक्ताको क्रयशक्ति घटेको अनुमान गरिएकाले यस वर्ष कम आपूर्ति गर्न लागिएको गौतमको भनाइ छ ।

    पहिलो चरणमा १ हजार संख्यामा खसी बोका ल्याई बिक्रीमा राखिने र माग बढ्दै गए बजारलाई सन्तुलित राख्न थप आयात गर्न सकिने गौतमले बताउनुभयो । यस वर्ष कम्पनीले खरिद गर्दा नै खसी बोकाको मूल्य गत वर्ष भन्दा ४० रुपैयाँ बढी परेकाले अघिल्लो वर्षभन्दा केही बढी मूल्य कायम हुन सक्ने गौतमले बताउनुभयो । मूल्य निर्धारण भने भोलि साँझ मात्रै तय हुने उहाँको भनाइ छ ।


    शनिवार, कार्तिक १ २०७७०७:४१:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij