Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

रसुवागढी नाका आजबाट सञ्चालनमा

रसुवागढी नाका आजबाट सञ्चालनमा

  • सोमवार, आषाढ २२ २०७७

  • 756
    SHARES

  • रसुवागढी नाका आजबाट सञ्चालनमा

    काठमाडौँ । नेपाल–चीन रसुवागढी नाका सोमबारबाट सञ्चालनमा आएको छ । कोरोना भाइरस संक्रमणका कारण ६ महिनासम्म बन्द नाका सञ्चालनमा आएको हो ।
    चिनियाँतर्फबाट मितेरी पुलमा सामान ल्याइदिएपछि औपचारिक रुपमा नाका सञ्चालनमा आएको रसुवागढी भन्सार प्रमुख पुण्यविक्रम खड्काले जानकारी दिनुभयो ।
    दुई देशबीच व्यापार सुरु गर्ने सुरक्षा मापदण्डमा समझदारी बनेपछि नाका खुल्ने निश्चित भएको थियो । बन्द भएको ६ महिना ८ दिनपछि नाकाबाट एकतर्फी ब्यापार सुरु भएको खड्काले बताउनुभयो ।
    नेपालबाट हुने निकासी र मानवीय ओहोर–दोहोर भने कोरोना संक्रमण कम हुँदै गएपछि खोल्ने अनौपचारिक सहमति बनेको जनाएको छ ।


    सोमवार, आषाढ २२ २०७७०२:१२:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij