Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

चितवनमा बोराभित्र शव फेला परेका दुवै जनाको पहिचान खुल्यो

चितवनमा बोराभित्र शव फेला परेका दुवै जनाको पहिचान खुल्यो

  • सोमवार, पौष २३ २०८०

  • 2.6K
    SHARES

  • चितवनमा बोराभित्र शव फेला परेका दुवै जनाको पहिचान खुल्यो
    काठमाडौं । चितवनमा बोराभित्र शव फेला परेका पुरुष र महिलाको पहिचान खुलेको छ । चितवन प्रहरीले उनीहरू दुवै जना भारतीय नागरिक रहेको खुलेको जनाएको छ । दुवै जना भारतको मोतिहारीका रहेको प्रहरीले जनाएको हो ।
     
    गत मंसिर ६ गते चितवन महानगरपालिका–९ मिलनचोकको कल्भर्टमा बोरा भित्र महिला र पुरुषको शव भेटिएको थियो ।
     
    अन्दाजी २८३० वर्षका महिला र पुरुषको शव भेटिएको तर पहिचान हुन नसकेपछि प्रहरीले उनीहरूको स्केच सार्वजनिक गरेको थियो ।
     
    हुलिया र स्केच सार्वजनिक गरेको करिब डेढ महिनापछि शवको पहिचान भएको प्रहरीले जनाएको छ । शवको पहिचानसँगै उनीहरूको हत्यामा संलग्न व्यक्तिको समेत पहिचान भएको प्रहरीले जनाएको छ ।
     
    हत्या गर्ने व्यक्ति भारतीय नागरिक नै रहेको र उनी भारतमै अर्को हत्यामा संलग्न रहेको आरोपमा भारतीय प्रहरीले पक्राउ गरेको बताइएको छ । बयानका लागि नेपाल प्रहरीको टोली भारत गएको छ ।


    सोमवार, पौष २३ २०८००२:१७:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij