Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

त्रिविमा उपकुलपतिको दरखास्त आह्वान रद्ध

त्रिविमा उपकुलपतिको दरखास्त आह्वान रद्ध

  • आइतवार, पौष २२ २०८०

  • 501
    SHARES

  • त्रिविमा उपकुलपतिको दरखास्त आह्वान रद्ध

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिको दरखास्त आह्वान रद्ध भएको छ ।

    दरखास्तको चौतर्फी आलोचना भएपछि सरकारले दरखास्तका लागि खुलाएको विज्ञापन रद्ध गरेको हो। आज गोरखापत्रमा सूचना जारी गर्दै गत २० गते सिफारिस समितिले माग गरेको दरखास्त रद्ध गरिएको जनाएको हो।

    गत शुक्रबार प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनका प्रावधान सच्याउन निर्देशन दिनुभएको थियो ।

    प्रधानमन्त्रीले आफूले विश्वविद्यालयको सुधारका निम्ति संसारभरि रहेका नेपालीमध्येबाट योग्य मान्छे आओस् भनेर खुला प्रतिस्पर्धा गराउन खोजेकोमा शुक्रबार प्रकाशित गरिएको सूचनाले योग्य मान्छेहरू छनोटमा ढोका बन्द हुन सक्ने भन्दै त्यस्तो त्रुटिपूर्ण प्रावधान सच्याएर अर्को सूचना निकाल्न निर्देशन दिनुभएको हो।

    tu_3GLFIdr420.jpg

     


    आइतवार, पौष २२ २०८००७:०३:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij