Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

सर्लाहीको बरहथवामा लगाइएको कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

सर्लाहीको बरहथवामा लगाइएको कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

  • शनिवार, पौष २१ २०८०

  • 451
    SHARES

  • सर्लाहीको बरहथवामा लगाइएको कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

    काठमाडौं । सर्लाहीको बरहथवामा कर्फ्युको समय आज बिहान सकिएपछि निषेधाज्ञा जारी भएको छ । बरहथवा–६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति विषयमा भएको प्रदर्शनका क्रममा स्थानीय युवा जयशंकर साहको मृत्यु भएको थियो ।

    प्रदर्शन नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले हिजो साँझ साढे ५ बजेदेखि आज बिहान ८ बजेसम्मको लागि कर्फ्यु जारी गरेको थियो । कर्फ्युको समय सकिएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले आज बिहान ८ बजेदेखि भोलि बिहान ८ बजेसम्मको लागि निषेधाज्ञा जारी गरेको हो ।

    बरहथवा नगरपालिकाको पूर्वमा सीतापुर जाने बाटोको ब्रह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती÷चोर्निया पुलसम्मको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले जानकारी दिनुभयो ।

    निषेधाज्ञा जारी भएको क्षेत्रमा कुनै किसिमको भेला हुन, बाहिर हिडडुल गर्न तथा राजनीतिक सभा तथा गतिविधि गर्न नपाउने छैन । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (२) र (३) बमोजिम देहायको क्षेत्रहरुमा निषेधाज्ञा आदेश जारी गरिएको छ । आदेशको उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले नियन्त्रणमा लिई कानून बमोजिम कारबाही गरिने प्रजिअ धमलाले बताउनुभयो ।

    हिजो प्रदर्शनका क्रममा मारिएका स्थानीय युवाको शव अहिलेसम्म आन्दोलनकारीकै नियन्त्रणमा रहेको छ । स्थानीय प्रशासनले स्थानीय राजनीतिक दलसँग सर्वपक्षीय बैठक बस्ने वातावरण बनाउन लागिपरेको छ ।

     


    शनिवार, पौष २१ २०८०१०:१७:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij