Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

सर्लाहीको बरहथवामा स्थानीयको प्रदर्शन, प्रहरीले गोली चलाउँदा १ जनाको मृत्यु

सर्लाहीको बरहथवामा स्थानीयको प्रदर्शन, प्रहरीले गोली चलाउँदा १ जनाको मृत्यु

  • शुक्रवार, पौष २० २०८०

  • 3.5K
    SHARES

  • सर्लाहीको बरहथवामा स्थानीयको प्रदर्शन, प्रहरीले गोली चलाउँदा १ जनाको मृत्यु
    काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिकामा भएको प्रदर्शन नियन्त्रणका लागि भन्दै प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । गोली लागेर मृत्यु हुनेमा बरहथवा–५ का जयशंकर शाह रहेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
     
    बरथहवा नगरपालिका मेयरको घरमा आगजनी गरेपछि शुक्रबार(आज) गोली चलाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता दीपेन्द्र पञ्जियार थारूले बताउनुभयो । 
     
    स्वास्थ्य संस्था स्तरोन्नतिसम्बन्धी विवादमा नेपाली कांग्रेसका कार्यकर्ताले प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरूले मेयर कल्पनाकुमारी कटुवालको घरमा आगजनीको प्रयास गरेपछि प्रहरीले गोली चलाएको हो ।
     
    प्रहरीका अनुसार घटनामा  ७ जना प्रहरी पनि घाइते भएका छन् ।
     


    शुक्रवार, पौष २० २०८००४:४२:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij