Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

आज यी स्थानमा हुस्सु र हिमपातको सम्भावना

आज यी स्थानमा हुस्सु र हिमपातको सम्भावना

  • बुधवार, पौष १८ २०८०

  • 572
    SHARES

  • आज यी स्थानमा हुस्सु र हिमपातको सम्भावना

    काठमाडौं । काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रको मौसममा बदली देखिएको छ भने चिसो पनि बढेको छ । बिहानको समयमा कठ्याङग्रीदो चिसो महसुस भइरहेको छ । कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा अहिले आंशिक बदली छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका धेरै भागमा अहिले हुस्सु र कुहिरो लागेको छ। आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भागको मौसम सामान्यतया सफा रहनेछ।

    दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

    राति पनि कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगको केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

     


    बुधवार, पौष १८ २०८००६:५५:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij