Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

दैलेखमा नौ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद

दैलेखमा नौ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद

  • मंगलवार, पौष १७ २०८०

  • 814
    SHARES

  • दैलेखमा नौ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद

    काठमाडौं । जिल्ला अदालत दैलेखले बालिकालाई बलात्कार गर्ने एक वृद्धलाई जन्मकैदको सजाय सुनाएको छ।

    सोमबार जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले नारायण नगरपालिका–८ ढकानेका ८६ वर्षीय प्रजापति रेग्मीलाई जन्मकैद सजाय सुनाएको हो।

    बालिका बलात्कार कसुरमा रेग्मीलाई २५ वर्ष कैद, सात लाख रुपैयाँ जरिवाना र पीडितलाई ५० हजार क्षतिपूर्ति दिने फैसला इजलासले गरेको दैलेख जिल्ला अदालतका सूचना अधिकारी हरिप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

    यस्तै, पीडकबाट भराई दुइ हजार ८ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला पनि गरिएको छ।

    मुलुकी अपराध संहिता २०७४ को दफा २१९ ९३० मा १० वर्षभन्दा कम उमेरकी बालिकालाई जबर्जस्ती करणी गरेमा जन्मकैद हुने व्यवस्था छ।

    पीडक प्रजापतिले २०७९ चैतमा नौ वर्षीया बालिकालाई बलात्कार गरेका थिए। २०७९ चैत २३ बालिकाको स्वास्थ्य परीक्षण रिपोर्टमा बलात्कार भएको पुष्टि भएको थियो। रेग्मीविरूद्ध जिल्ला सरकारी वकिल कार्यालयले २०८० वैशाख १४ गते दैलेख जिल्ला अदालतमा जबरजस्ती करणी मुद्दा दर्ता गरेको थियो।


    मंगलवार, पौष १७ २०८००४:१६:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij