Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

वरिष्ठ पत्रकार गोकुलप्रसाद पोखरेलको निधन

वरिष्ठ पत्रकार गोकुलप्रसाद पोखरेलको निधन

  • मंगलवार, पौष १७ २०८०

  • 466
    SHARES

  • वरिष्ठ पत्रकार गोकुलप्रसाद पोखरेलको निधन

    काठमाडौं । वरिष्ठ पत्रकार गोकुलप्रसाद पोखरेलको निधन भएको छ । ८७ वर्षको उमेरमा सोमबार काठमाडौंमा उनको निधन भएको हो। उहाँ दमबाट पीडित हुनुहुन्थ्यो ।

    धनकुटाको कचिँडेमा जन्मिएका पोखरेलले पत्रकारिता क्षेत्रमा ४० वर्ष बिताएका थिए। २०३७ वैशाखदेखि २०४० सालसम्म गोरखापत्र दैनिकको कामु सम्पादक रहनुभएको थियो ।

    गोरखापत्रकै सहप्रकाशन​ मधुपर्क मासिकमा कामु सम्पादक रहेका उनले २०३८ सालमा सम्पादकको जिम्मेवारी वहन गर्नुभयो । उहाँ गोरखापत्रकै सहप्रकाशन बालपत्रिका मुनाको संस्थापक प्रधान सम्पादक हुनुहुन्थ्यो ।

    रष्ट्रिय समाचार समितिका सम्पादकसमेत रहेका ​पोखरेल नेपाल प्रेस इन्स्टिच्युटका संस्थापक सदस्य सचिव र अध्यक्ष रहनुभयो । उहाँ राष्ट्रिय मानव अधिकार आयोगका सदस्य पनि हुनुभएको थियो । उहाँ नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठानका सदस्यसमेत हुनुभयो ।

    विदेशमा रहेका छोरा आएसँगै आज उहाँको अन्त्येष्टि गरिने परिवारले जानकारी दिएको छ। उहाँका श्रीमती, दुई छोरी र एक छोरा छन्।

     


    मंगलवार, पौष १७ २०८००८:१२:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij