Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

सिप बिल्डिङमा भाषा परीक्षा दिएका सबैले आजदेखि १८ गतेसम्म उत्पादन क्षेत्रमा आवेदन दिन पाउने

सिप बिल्डिङमा भाषा परीक्षा दिएका सबैले आजदेखि १८ गतेसम्म उत्पादन क्षेत्रमा आवेदन दिन पाउने

  • सोमवार, पौष १६ २०८०

  • 771
    SHARES

  • सिप बिल्डिङमा भाषा परीक्षा दिएका सबैले आजदेखि १८ गतेसम्म उत्पादन क्षेत्रमा आवेदन दिन पाउने
    काठमाडौं । कोरियामा पानीजहाज निर्माण क्षेत्र (सिप बिल्डिङ)मा भाषा परीक्षा दिई बसेका सबैले आजदेखि उत्पादन क्षेत्रको भाषा परीक्षामा आवेदन दिन पाउने भएका छन् । वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस शाखाले आजदेखि पर्सि १८ गतेसम्म फारम भर्नको लागि आवेदन खुला गरेको हो ।
     
    उच्च अदालत पाटनले आवेदन फारम भर्न रोक नलगाउन आदेश दिएपछि कोरियाको मानव संसाधन विभागबाट सकारात्मक प्रतिक्रिया आएको भन्दै विभागले गएको साउनमा पानीजहाज क्षेत्रमा भाषा परीक्षा दिएका आवेदकहरूले मात्रै फारम भर्न पाउने निर्णय गरेको हो ।
     
    यसअघि उच्च अदालतले रिट निवेदन दिने १८ जनाको हकमा फारम भर्न आदेश दिएको र ईपीएस शाखाले त्यसैअनुसार १८ जनाको लागि मात्रै आवेदन खुलाएपछि अरू परीक्षार्थीले विरोध गरेका थिए ।
     
    शुक्रवार भएको विरोध प्रदर्शनको क्रममा ललितपुरको बालकुमारीमा दुई युवाको ज्यान गएको थियो । 
     


    सोमवार, पौष १६ २०८००८:०७:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij