Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

आजदेखि अंग्रेजी नयाँ वर्ष सुरु

आजदेखि अंग्रेजी नयाँ वर्ष सुरु

  • सोमवार, पौष १६ २०८०

  • 796
    SHARES

  • आजदेखि अंग्रेजी नयाँ वर्ष सुरु
    काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार सोमबार (आज)देखि अंग्रेजी नयाँ वर्ष सुरु भएको छ। सन् २०२३ लाई बिदाइ गर्दै सन् २०२४ सुरु भएको हो।
     
    जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सम्वत्‌को सुरुआत भएको भन्ने भनाइ रहेको छ। पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सन्‌लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ। 
     
    जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए। विवादकै कारण यो पात्रो रुसले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको थियो।
     
    विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ। 
     
    अंग्रेजी नयाँ वर्षको अवसरमा नेपालसहित विश्वभरका मानिसले एक आपसमा शुभकामना आदान प्रदान गरिरहेका छन्। इस्वी सम्वत् नेपालमा प्रचलनमा नभए पनि केहीवर्ष अघिदेखि अंग्रेजी नयाँ वर्ष मनाउने गरिएको छ।
     
    विशेष गरी युवापुस्ताले अंग्रेजी नयाँ वर्षलाई मनाउने गरेका छन्। विदेशी पर्यटकको भिडभाड हुने काठमाडौंको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत ठाउँमा विशेष कार्यक्रमसहित नयाँ वर्षको स्वागत गरिँदै छ। 


    सोमवार, पौष १६ २०८००६:३१:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij