Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

आजको मौसम : तराईमा हुस्सु तथा उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

आजको मौसम : तराईमा हुस्सु तथा उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

  • सोमवार, पौष १६ २०८०

  • 629
    SHARES

  • आजको मौसम : तराईमा हुस्सु तथा उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना
    काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार(आज) देशका पहाडी भूभागमा आंशिक बदली रही र बाँकी  भूभागमा मौसम सामान्यतया सफा रहनेछ। 
     
    कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।  तराईका भूभागमा बिहानीपख हुस्सु-कुहिरोको कारण हुन सक्ने चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
     
    मंगलबार कोशी प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ र बाँकी  भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।


    सोमवार, पौष १६ २०८००६:१९:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij