Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

गुरुङ समुदायले आज ‘तमु ल्होसार’ पर्व मनाउँदै, सार्वजनिक बिदा

गुरुङ समुदायले आज ‘तमु ल्होसार’ पर्व मनाउँदै, सार्वजनिक बिदा

  • आइतवार, पौष १५ २०८०

  • 621
    SHARES

  • गुरुङ समुदायले आज  ‘तमु ल्होसार’ पर्व मनाउँदै, सार्वजनिक बिदा

    काठमाडौँ । आज आइतबारगुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व भव्य रुपमा मनाउँदै छन् । हरेक १५ पुसमा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन् । यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ ।

    तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । अर्थात् तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्छन् ।

    यस दिन गुरुङ समुदायले हर्षोल्लासका साथ आफ्नो भेसभुसा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्दछन् । ल्होसार पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

     


    आइतवार, पौष १५ २०८००७:४७:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij