Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

ललितपुर प्रहरी प्रमुखलाई जिम्मेवारीबाट हटाउने तयारी

ललितपुर प्रहरी प्रमुखलाई जिम्मेवारीबाट हटाउने तयारी

  • शनिवार, पौष १४ २०८०

  • 840
    SHARES

  • ललितपुर प्रहरी प्रमुखलाई जिम्मेवारीबाट हटाउने तयारी

    काठमाडौं । सरकारले जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख शिद्धिविक्रम शाहलाई जिम्मेवारीबाट हटाउने तयारी गरेको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितको छलफल र सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङपछि ललितपुर प्रहरी प्रमुख एसएसपी शाहलाई जिम्मेवारीबाट हटाउने निर्णय भएको गृह मन्त्रालयका एक उच्च अधिकारीले बताउनुभयो ।

    शुक्रबार रोजगार अनुमति प्रणाली (ईपीएस)को परीक्षा दिन पाउनुपर्ने माग गर्दै भएको प्रदर्शनका क्रममा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा दुई जनाको ज्यान गएको थियो । शुक्रबार नै प्रदर्शनकारीले भौतिक योजना तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी समेत जलाएका थिए ।


    शनिवार, पौष १४ २०८००२:२०:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij