Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

सन्दीप लामिछानेविरुद्धको मुद्दामा प्रतिवादीका तर्फबाट बहस सकियो

सन्दीप लामिछानेविरुद्धको मुद्दामा प्रतिवादीका तर्फबाट बहस सकियो

  • शुक्रवार, पौष १३ २०८०

  • 1.2K
    SHARES

  • सन्दीप लामिछानेविरुद्धको मुद्दामा प्रतिवादीका तर्फबाट बहस सकियो

    काठमाडौं।क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको मुद्दामा प्रतिवादीतर्फबाट बहस सकिएको छ। काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश शिशिरराज ढकालको इजलासमा आज प्रतिवादीतर्फका कानुन व्यवसायीहरुले बहस सक्नुभएको हो ।

    अब वादीतर्फका कानुन व्यवसायीले जवाफी बहस गर्दै हुनुहुन्छ। जवाफी बहस सकिएपछि आजै मुद्दाको फैसला आउने सम्भावना छ।

    वादीतर्फका कानुन व्यवसायीले बुधबार बहस सक्नुभएको थियो।बुधबार नै प्रतिवादीतर्फका कानुन व्यवसायी मुरारी सापकोटाले बहस सुरु गर्नुभएपनि बहस नसकिएकाले बिहीबार उहाँले नै बहसको सुरुवात गर्नुभएको थियो।

    त्यसपछि अधिवक्ता रोशनी पौडेल, वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, कृष्ण सापकोटा, सबिता भण्डारी, रमण श्रेष्ठ लगायतले बहस गर्नुभएको थियो।

    श्रेष्ठको बहस नसकिएपछि आज उहाँले नै बहसको सुरुवात गर्नुभएको थियो। आज रामेश्वर न्यौपाने र सरोजकृष्ण घिमिरेले प्रतिवादीका तर्फबाट बहस गर्नुभयो।


    शुक्रवार, पौष १३ २०८००३:४९:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij