Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

बालकुमारी आन्दोलनः प्रहरीको गोली लागेर एक जनाको मृत्यु

बालकुमारी आन्दोलनः प्रहरीको गोली लागेर एक जनाको मृत्यु

  • शुक्रवार, पौष १३ २०८०

  • 3.9K
    SHARES

  • बालकुमारी आन्दोलनः प्रहरीको गोली लागेर एक जनाको मृत्यु

    काठमाडौं। ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ। प्रहरीको गोली लागेर घाइते भएका आन्दोलनकारी एक पुरुषको उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु भएको हो।

    घाइते भएर उपचारका लागी अस्पताल ल्याइएका उनको मृत्यु भएको किष्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले पुष्टि गर्नु भयो । मृतकको पहिचान खुल्न बाँकी छ।

    रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले प्रदर्शनका क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा.२ झ ५८६१ नम्बरको गाडी जलाएका थिए ।

    त्यसपछी प्रदर्शन उग्र बन्दै गएपछी नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र गोली चलाएको थियो। सोही क्रममा गोली लागेर उनिसहित अन्य केह प्रदर्शनकारी घाइते बनेका थिए।आगजनीमा संलग्न १० जनालाई प्रहरीले पक्राउ समेत गरेको छ ।


    शुक्रवार, पौष १३ २०८००२:१३:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij