Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

प्रदर्शनमा उत्रिएका युवाहरूद्वारा मन्त्रीको गाडीमा आगजनी

प्रदर्शनमा उत्रिएका युवाहरूद्वारा मन्त्रीको गाडीमा आगजनी

  • शुक्रवार, पौष १३ २०८०

  • 965
    SHARES

  • प्रदर्शनमा उत्रिएका युवाहरूद्वारा  मन्त्रीको गाडीमा आगजनी

    काठमाडौं। रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले मन्त्रीको गाडी जलाएका छन् ।

    आन्दोलनका कारण ललितपुरको बालकुमारी क्षेत्र तनावग्रस्त बनेको छ । प्रदर्शनकारीहरुले मन्त्रीको गाडीमा नै आगजनी गरेका हुन्।

    शुक्रबार मध्यान्ह भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा प्रदर्शनकारीहरुले आगजनी गरेका हुन् । आन्दोलन उग्र बन्दै गएपछि प्रहरीले प्रदर्शनकारीलाई तितर वितर बनाउन अश्रुग्यास प्रहार गरेको छ ।

    आगजनीबाट बा २ झ ५८६१ नम्बरको गाडी ध्वस्त बनेको छ भने मन्त्री भने सुरक्षित छन् ।

     


    शुक्रवार, पौष १३ २०८००१:१४:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij