Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

बाँकेको मध्यवर्ती क्षेत्रमा सकेट बम फेला

बाँकेको मध्यवर्ती क्षेत्रमा सकेट बम फेला

  • बिहिवार, पौष १२ २०८०

  • 440
    SHARES

  • बाँकेको मध्यवर्ती क्षेत्रमा सकेट बम फेला
    काठमाडौं । बाँकेको मध्यवर्ती क्षेत्रमा सकेट बम फेला परेको छ । मध्यवर्ती क्षेत्रमा पर्ने राप्ती सोनारी गाउँपालिका(२ स्थित खैरिखोला सुरक्षा पोष्ट नजिकै आज उक्त सकेट बम फेला परेको बाँके निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेनाको अर्जुनबाण गणले जनाएको छ । 
     
    खैरीखोलाबाट तीन किलोमिटर दक्षिणतर्फ तथा राप्ती नदीबाट झण्डै पाँच सय मिटर उत्तरतर्फ उक्त सकेट बम फेला परेको सेनाले जनाएको छ । निकुञ्जमा गस्ती गर्ने क्रममा सेनाको टोलीले  सकेट फेला पारेको हो । 
     
    अहिले नेपाली सेनाको डिस्पोजल टोलीले बम निष्क्रिय पारिरहेको बताइएको छ । 


    बिहिवार, पौष १२ २०८००२:४४:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij