Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नविन भन्ने गर्थे ‘म बलात्कार गर्न निस्कँदै छु’

नविन भन्ने गर्थे ‘म बलात्कार गर्न निस्कँदै छु’

  • शुक्रवार, आश्विन ३० २०७७

  • 1.6K
    SHARES

  • नविन भन्ने गर्थे ‘म बलात्कार गर्न निस्कँदै छु’

    काठमाडौँ – नेपाल प्रहरीले ‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप चलाएको अभियोगमा एकजनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा प्युठानको झिम्रुक घर भई नवलपरासी बस्ने १९ वर्षका नविन बस्नेत रहेका छन् ।

    उनलाई नवलपरासीमा पक्राउ गरेर काठमाडौँतर्फ ल्याइएको प्रहरीको साइबर ब्युरोले जनाएको छ ।

    उनले फेसबुक ग्रुप खोलेर त्यसमा ‘म बलात्कार गर्न निस्कँदै छु’ लेखेका थिए।

    बलात्कारविरुद्ध देशभर प्रदर्शन चर्केपछि ‘बलात्कारी संगठन’ नामक ग्रुप चर्चामा आएको थियो ।

    ग्रुपमा अश्लील विषयहरु लेखिएका थिए ।

    यस विषय सामाजिक सञ्जालमा सर्वत्र चासो व्यक्ति भएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले अनुसन्धानका लागि निर्देशन दिएको थियो ।

     


    शुक्रवार, आश्विन ३० २०७७०४:४८:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij